मङ्लबार, बैशाख ४, २०८१

युमिक महर्जनको उपचारार्थ ८६ हजार ५०० सहयोग हस्तान्तरण

अभियन्ता थापाको अभियान …हामीले नगरे कसले गर्छ…

काठमाडौं असोज ८ , मनकारी हातको ज्वलन्त उदाहरण स्वरुप  गम्भीर रोगबाट पिडित कामपा वडा न १५ चमतीका ५ बर्षीयको बालक युमिक महर्जन उपचारार्थ सहयोग स्वरुप रु ८६ हजार ५०० गत साता उपलब्ध गराईएको छ ।

सामाजीक अभियन्ता शोभा थापाको हामीले नगरे कसले गर्छ भन्ने अभियान अन्र्तगत अमेरिका बस्दै आएका भाई बुहारी भरत र निरु थापाले आफु लगायत आफ्ना साथीहरुबाट संकलन गरिएको उक्त रकम स्थानीय चमती सहकारीले संघीय सांसदद्दय जीवनराम श्रेष्ठ, रामविर मान्नधर , प्रदेश सभा सदस्य राजेश शाक्य ,कामपा वडा न १५का अध्यक्ष इश्वरमान डंगोल र औषधि थोक व्यवसायी संघ पिडानका अध्यक्ष शिवराज बास्कोटाको उपस्तिीमा सम्पन्न् एक कार्यक्रमको अवसरमा वालक युमिकको पिताजीलाइ हस्तान्तरण गरिएको हो ।

त्यस्तै प्राप्त जानकारीमा यस किसिमको सहयोगका लागि हौसला प्रदान गर्नु हुने पूर्णकाजी ज्यापु र राजेन्द्र महर्जन प्रति समेत धन्यवाद त्रापन गर्दै अभियन्ता थापाले अभियानमा सहयोग गर्नु हुने भाई बुहारी लागायत सम्पूर्ण जनप्रति कृतज्ञयता अभिव्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।