बिहिबार, बैशाख १३, २०८१

यस्तो छ महाधिवेशन गर्न नसकेका काङ्ग्रेसको भातृ , शुभेच्छुक र जनसम्पर्क समितिको फेहरिस्त

काठमाडौ भाद्र २९ , प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसका १३ भ्रातृ संस्था ,१८ शुभेच्छुक संस्था र ३५ जनसम्पर्क समितिमध्ये कार्यकाल समाप्त भएका संस्थालाइ आगामी ६ महिना भित्र महाअधिवेशन गर्न गत भाद्र १७ गतेको केन्द्रीय समिति बैठकले निर्देशन दिइसकेको जानकारी दिनु भएको छ ।

प्रवक्ता शर्माका कार्यकाल समाप्त भएका भातृसंस्था मध्ये नेवि सङ्घ, प्रजातन्त्र सेनानी सङ्घ, किसान सङ्घ, दलित सङ्घ, आदिवासी जनजाति सङ्घ, लोकतान्त्रिक अपाङ्ग सङ्घ, तामाङ सङ्घ, ठाकुर समाज , र शुभेच्छुक संस्थामा क्रमस प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा सङ्घ, प्रेस युनियन, वन प्राविधिक सङ्घ, कुमाल सङ्घ र नेवाः खल रहेको जानकारी दिनु भएको छ ।

त्यस्तैगरि काँग्रेसको अष्ट्रेलिया, बहराइन, बेल्जियम, क्यानाडा, चीन, साइप्रस, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कुवेत, मकाऊ, मलेसिया, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, पोल्यान्ड, पोर्चुगल, कतार, दक्षिण कोरिया, स्पेन, सउदी अरेबिया, स्विट्जरल्यान्ड, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका जनसम्पर्क समितमध्ये डेढदर्जन भन्दा बढि समितिको महाधिवेशन हुन नसकेको जानकारी दिनु भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कार्यकाल समाप्त भएको आठ भ्रातृ र छ शुभेच्छुक संस्थालाइ निर्धारित समयभित्र महाअधिवेशन सम्पन्न गर्दै संस्था र समितिलाइ गतिशील बनाउँन निर्देशन दिएको जनाउँदै आगामी असोज पहिलो साताभित्र नेविसङ्घ केन्द्रीय समिति गठन भइसक्ने यसरी गठन हुँने समितिले महाधिवेशन गर्ने जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।