मङ्लबार, बैशाख ४, २०८१

यस्तो छ बडा दशैं ०७६को साइत

टीका लाउँदा दिने आशिषः- आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे 

काठमाडौ भाद्र २२, नेपाल पञ्‍चाङ्ग निर्णायक समितिले आसन्न वर्ष ०७६को बडा दशैं र यस अन्र्तगत विजया दशमीको टीका ग्रहणको साइत सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको साइत अनुसरा आगामी असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको छ भने दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम साइत रहेको जनाएको छ । त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।