बिहिबार, चैत्र १५, २०८०

म.प बैठक : सार्वजनिक जग्गा हिनामिनाको छानबिन गर्न गठित समितिको म्याद दुई महिना थप

काठमाडौं भाद्र २६ , गत आइतवार बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिकगदै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले विभिन्न गुठी, अधिग्रहण गरिएका तथा सार्वजनिक जग्गा हिनामिनाको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो अन्तर्गत् गठित छानबिन समितिको म्याद दुई महिना थपेको छ ।

त्यस्तै  १९ बुँदे मप बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री बाँस्कोटाले विराटनगर जुटमिल जाँचबुझ आयोगको म्यादसमेत थप गरिएको जानकारी दिदै सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने तयाी रहेको बताउँनु भएको छ । त्यस्तै डेङ्गु रोग नियन्त्रणभन्दा बाहिर नरहेको बताउँदै रोग नियन्त्रणप्रति सरकार सचेत रहेको र नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी दिनुभएको छ ।

साथै उहाँले प्रहरीजवान सन्जीव राईलाई सहिद घोषणा गर्ने र निजको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको जानकारी दिदै बैठकले दुई वटा सिमेन्ट कम्पनीलाई राष्ट्रिय वनको झण्डै ९ हेक्टर जग्गा चुनढुंगा उत्खनन्का लागि दिने निर्णय गरेको छ । शुभश्री अग्नि सिमेण्ट र सम्राट सिमेण्ट कम्पनी प्रालिलाई १० वर्षका लागि चुनढुंगा उत्खनन्का राष्ट्रिय वन क्षेत्रको ५ हेक्टर जग्गा दिने निर्णय गरेको जनकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ बुँदे निर्णय :