शुक्रबार, बैशाख १४, २०८१

मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडौ भाद्र २५, मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने मौसमी मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही माथि सरेर नेपाल नजिकै आएकाले आगामी ३ दिनसम्म देशका धेरै स्थानमा वर्षाको अत्याधिक संघावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज बुधबार देखि शुक्रबारसम्म देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाउँदै आज जारी मौसम सम्बन्धी बुलेटिनमा महाशाखाले बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको र यसैका कारण देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना रहेको जनाउँदै काठमाडौं उपत्यकामा पनि खण्डित – भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै आगामी २४ घण्टाका लागि महाशाखाले जारी चेतावनी तथा परामर्शमा देशका धेरै स्थानहररूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्ययमसम्म वर्षा साथै थोरै स्थानहररूमा भारी वर्षाको सम्भावना भएकाले नदीमा आकस्मिक बहाव बढ्न सक्ने, पहाडी भूभागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :  भाद्र २५ गते बुधवार दिउँसो : देशभरि सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पूर्व र मध्य भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।  राति : देशभरि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पूर्वदेखि पश्चिमसम्मकै थोरै९थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २६ गते बिहिबार  दिउँसो : देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका मध्य तथा पश्चिमका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति : देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पुर्व तथा मध्य भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २७ गते शुक्रबार दिउँसो  : देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पूर्व तथा मध्यका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति : देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पूर्वी तथा पश्चिमी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।