शुक्रबार, चैत्र १६, २०८०

मिडिया काउन्सिल विधेयकमाथि काङ्ग्रेसको १९ बुँदे संशोधन प्रस्ताव

काठमाडौ भाद्र १५, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ ।  राष्ट्रियसभामा काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु सरिता प्रसाईं, जितेन्द्रनारायण देव, धनकुमारी खतिवडा, अनिता देवकोटा र प्रकाश पन्थले आज पार्टीका तर्फबाट सो संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो ।

दर्ता गरिएको प्रस्तावमा यसअघि विधेयकमा व्यवस्था भएको ‘रु २५ हजारदेखि १० लाखसम्म जरिवाना’ भन्ने वाक्यांशको सट्टा ‘सार्वजनिक रुपमा क्षमायाचना गर्न लगाउने तथा कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने’ प्रस्ताव त्यस्तै विधेयकको दफा ७ मा उल्लेखित काउन्सिलको गठन सम्बन्धमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको, २५ वर्षभन्दा बढी अनुभव हासिल गरेर विशिष्ट योगदान पु¥याएका कम्तीमा ४५ वर्ष उमेर पुगेका ख्यातिप्राप्त व्यक्तिमध्येबाट अध्यक्ष हुनुपर्ने प्रस्ताव गरिएको छ ।

यस्तो छ मिडिया काउन्सिल विधेयक

साथै काउन्सिलका अध्यक्ष र सदस्यलाई कार्यक्षमता, खराब आचरण वा पदीय दायित्व पूरा नगरेका जस्ता आरोपमा पदबाट हटाउनुपर्ने लागेमा अध्यक्ष र सदस्य नियुक्ति गर्न गठित सिफारिश समितिले तीन सदस्यसम्मको जाँचबुझ समिति गठन गर्ने, सिफारिश समितिले हटाउनुअघि सफाइ पेश गर्ने उपयुक्त मौका दिनुपर्ने, जवाफ चित्तबुझ्दो नभएमा सरकारलाई अध्यक्ष र सदस्यलाई पदबाट हटाउन समितिले सिफारिश गर्न सक्ने प्रस्ताव संशोधन दर्ता भएको छ भने काउन्सिलको संरचना २१ सदस्यीय बनाउँन आवश्यक भएको ठहर सहितका प्रस्ताव दताए भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।