बिहिबार, बैशाख १३, २०८१

महिलाको सशक्तिकरणका लागि राष्ट्रिय पैरवी अभियानको आरम्भ

काठमाडौं असोज १२,  समृद्ध नेपालका लागि सशक्त महिला नामक भेलामा राजनीतिक दलका महिलाका साथै नागरिक समाज, शैक्षिक क्षेत्र, निजी क्षेत्र, र सञ्चार माध्यमका अभियन्ता  संलग्न भएको समूहले नेपालको अर्थतन्त्रमा महिलाको सशक्तिकरणका लागि एक राष्ट्रिय पैरवी अभियानको आरम्भ गरेका छन् ।

सोकार्यक्रमको प्रमुख अतिथि, भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारणा मन्त्री पद्म कुमारी अर्यालले वर्तमानको समयमा नेपाली महिलाले सामना गरिरहेका धेरै आर्थिक समस्याहरू विकारल रुपमा देखिएको बताउनु भयो । उहाले नेपालको विकास र समृद्धिका लागि आर्थिक सशक्तिकरण हुनु पर्नेमा जोड दिनुभयो ।  अर्का वक्ता पूर्व संचार मंत्री मिनेन्द्र रिजालले महिलाहरुको सक्रिय सहभागिता बिना समृद्ध नेपालको कल्पना गर्न नसकिने धारणा राख्नुभयो । संघिय संसद समेत रहनु भएका रिजालले महिलाहरले आफुनो हक र अधिकारका लागि संगठित रुपमा आवाज उठाउनु पर्ने धारण राख्नुभएको थियो ।

समृद्ध नेपालका लागि सशक्त महिलाहरु पनि निजी व्यवसाय, नागरीक समाजहरुको महासंघ, बैंक, लघु वित्तिय संस्था, राष्ट्रिय सरकारी संस्था, शिक्षाविद् र मिडिया संगठनहरूका प्रतिनिधि सहित सरोकारवालाहरूको विविध समूहले उक्त कार्यक्रममा भाग लिएका थिए । सहभागिहरुले सार्वजनीक रुपमा प्रतिबद्धता व्यानरमा हस्ताक्षर गरी अभियानमा मद्दत गर्न आफ्नो प्रतिबद्धता जनाएका थिए ।

समृद्ध नेपालका लागि सशक्त महिला अभियानले विभिन्न गठबन्धनसँगै पुँजीमा, लगानी र ऋणमा महिलाको सहज पहुँच , महिलाको आर्थिक सशक्तिकरणमा स्थानीय सरकारको लगानी बढाउन, र महिलाको आर्थिक सशक्तिकरण प्रति पारम्परिक दृष्टिकोणमा परिवर्तन गर्न यो अभियान सुरू भएको कार्यक्रममा जानकारी गराईएकाृ्े थियो ।

यो अभियानलाई सफल बनाउँन समूहले आफ्ना सरोकारवालाहरूको विविध गठबन्धनको साथसाथै आउँदो महिनाहरूमा राष्ट्रिय र स्थानीय रूपमा निर्वाचित अधिकारी समक्ष पैरवी घोषणा गर्ने, नागरीक समाजको गठबन्धन निर्माण गर्ने, स्थानीय तहमा संगठन बिस्तार गर्ने, महिलाहरूको लागि रहेको मौजूदा वित्तीय अवसर र कानूनी प्रावधानहरूमा सचेतना जगाउने, महिलाको आर्थिक सशक्तिकरण बारे श्रृंखलाबद्ध वित्तीय साक्षरता, सीपविकास, र उद्यमशीलतामा प्रशिक्षणको समन्वय गर्ने तयारी गरिरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।