काठमाडौ भाद्र ३०, काठमाडौ महानगरको निमन्त्रणमा राष्ट्रिय पर्व इन्द्रजात्राको अवलोकन गर्न आउनुभएका चीन, भारत, भूटान, जापान, र अमेरिकाका ११ शहरका चार प्रमुख, उपप्रमुखसहित ४१ जना पाहुना टोली मध्ये भूटानको थिम्पु नगरका प्रमुख वाहेक सवैजना आज स्वदेश फिर्ता भएको छ ।
काठमाडौ महानगरले शहरका प्रमुख भगिनी सम्बन्ध भएका शहरका प्रमुख, उपप्रमुखसहित र प्रतिनिधिलाई राष्ट्रिय पर्व इन्द्रजात्राको अवलोकनका लागि आमन्त्रण गरे अनुरुप उहाँहरु नेपाल आउँनु भएको हो ।
त्यसक्रमा विदेशी पाहुनाहरूले इन्द्रजात्राको अवलोकनसंगै महानगरभित्रका मुर्त तथा अमुर्त सम्पदा, सास्कृतिक झाँकी संगै यहाँस्थित बहा, बही, ब्रह्मचक्र महाविहार, मञ्जुश्री नघ महाविहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरवलगायतका सम्पदाक्षेत्रको अवलोकन गर्नु भएको थियो ।
त्यस्तै महानगरले उहाँहरुलाइ चन्द्रागिरी , स्वयम्भू क्षेत्रको अवलोकन संगसंगै ललितपुर महानगरपालिका र त्यहाँका सुुन्दर चोक, कृष्णमन्दिरसहित हिरण्यवर्ण महाविहार लगायतका महत्वपूर्ण सम्पदा त्यस्तै भक्तपुर नगरपालिका र त्यहाँस्थित पचपन्नझ्याले दरवार, दत्तात्रेय मन्दिरलगायतका सम्पदाको समेत अवलोकन गराइएको थियो ।
अन्तरराष्ट्रिय नगरका पर्यटकलाई नेपाल घुम्न आउन निम्तो : यसैवीच आइतवार इन्द्रजात्रा अबलोकनका लागि आमन्त्रण गरिएका नगरबाट काठमाडौं आउनु रहनुभएका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई बिदाई गर्दै राष्ट्रिय सभा गृहमा आयोजना गरिएको बिदाइ कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तपाई प्रमुख,उपप्रमुख र प्रतिनिधि मार्फत सम्वद्ध सवै देशका नागरिकहरुलाइ नेपालभ्रमण बर्ष २०२० मा नेपाल आउन निम्तो दिनुभएको छ ।
त्यस्तै विदाइ कार्यक्रममा महानगर प्रमुख बिद्यासुन्दर शाक्यले इन्द्रजात्राको धार्मिक, सांस्कृतिक, ऐतिहासिक पृष्ठभूमिमा कुरा गर्दै, धार्मिक सहअस्तित्व, मूर्त अमूर्त सम्पदा तथा कलाको संयोग भएको यो जात्रासँगै पर्यटकलाई देखाउने कुरा धेरै भएको बताउँनु भएको थियो ।
कार्यक्रममा भम्रण बर्ष २०२० का संयोजक सुरज बैद्यलगायतले वोल्नु भएको थियो । त्यसअवसरमा परम्परागत तथा लोक नृत्य समेत प्रदर्शन गरिएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान