शनिबार, बैशाख ८, २०८१

मन्त्रालय र विभागको उदासिनता, शुक्रराज ट्रपिकलमा डेंगु परीक्षण र रिपोर्टका लागि लुछाचुडि

काठमाडौं भाद्र २२, देशभर डेंगुको प्रकोप फैलिएसंगै मोफसल देखि संघीय राजधानी समेत आक्रान्त भएको छ । सर्वसाधारण नागरिकमात्र नभइ नेकपा नेतृत्वको सरकारका जिम्मेवारमन्त्री समेत प्रभावित हुँदा समेत सरकार गम्भीर बन्न नसकेको भन्दै चौतर्फी सरकारको आलोचना हुनेक्रमले तिव्रता पाएको हो ।  यहाँसम्मकी सत्तारुढदलकै सांसद खगराज अधिकारीले संघीय ससंदको बैठकमा सरकारको आलोचना गर्दै देशव्यापी रुपमा प्रभावकारी अभियान चलाउन नसकेको भन्दै ध्यानाकर्षण गराउँदा समेत  सरकारका सरोकारवाला मन्त्रालयको तर्फबाट कुनै ठोस कदम चाल्नेतर्फ जागरुकता नदेखाएको सम्वद्ध चिकित्सकहरुले बताएका छन ।

निजीअस्पतालमा परीक्षणका शुल्क पनि निकै महंगो अनि सेवा पनि त्यती भरपर्दो  नभएको बताउँदै आफु यहाँ रक्त परीक्षण गर्न आएको एक सेवाग्रहीले गुनासो गर्दै ११ घण्टाको प्रयास पछि आफ्नो पालो त आयो तर रिपोर्ट कस्तो आउने हो भगवान जाने भन्दै मुलुकमा दुइ तिहाइको स्थिर सरकार बन्यो, अव त केहि होला भनेर आशा गरेको तर तपाइ आफै हेर्नुस, अस्पतालमा नागरिकको भिड समेतलाइ व्यवस्थापन गर्न नसक्ने सरकार परेका कारण आम नागरिकले नपाउँनु दुख पाउँनु परेको गुनासो गरे । साथै उनले भने हामी प्रधानमन्त्री र मन्त्रीको मान्छे परनौ यदि परेको भए हाम्रो पनि सिङगापुर र ग्राण्डी अस्पतालमा उपचार हुन्थ्यो होला तर के गर्नु भन्दै सरकारप्रति तिवै आक्रोस पोखे ।

चिकित्सकहरुका अनुसार डेंगुबाट लाखौ व्यक्ति प्रभावित भइसकेको र हुँनेक्रम अझै जारी रहेको बताउँदै समयमानै कुनै ठोस निती कार्यान्वयन गर्नेतर्फ सरकार मौन बस्दै जाने हो भने समस्या काबु वाहिर जान सक्ने अवस्थाले प्रशय पाउँदै गएको सरोकारवाला विज्ञहरुको भनाइ रहेको छ ।   त्यस्तै पछिल्लो समय देशका विभिन्न भागमा डेंगु परीक्षण गर्ने कीटको अभाव रहेको चर्चा समेत सुनिन थालेको छ । डेंगुको प्रकोप फैलिएको देशका ४५ भन्दा बढी जिल्ला मध्ये राजधानीस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारको अलावा डेंगुको परिक्षण र सोको रिपोर्ट लिन सर्वसाधारणको भिडभाड मात्र नभइ आतंकित मानसिकता सहितको लुछाचुडिले यसको भयावह अवस्थालाइ सहजै पुष्टि गरेको छ ।

अस्पताल स्रोतका अनुसार अस्पतालले उचित व्यवस्थापन मिलाउँन नसक्दा विहान देखि साँझ अवेर सम्म पनि यस्तै भिड हुने गरेपनि उचित व्यवस्थापन गर्नेतर्फ विभाग र मन्त्रालयलले कुनै चासो नदेखाएको बुझिएको छ । स्रोतका अनुसार गतसाता मन्त्तालयबाट राज्य मन्त्री सुरेन्द्र यादव आउँदा सवै ठूलाठालुको लर्को लागेको तर अहिले समस्या सुनाउँँन जाँदा विभागीय जिम्मेवार अधिकारी कोहि देश वाहिर त कोहि कता गएको गुनासो गरेका छन । त्यस्तै बढ्दो भिडिभाडको उचित व्यवस्थापन नगर्ने हो भने परीक्षणका लागि लागि संकलन गरिएको रगत मात्र नभइ रिपोर्ट समेत दायाँ वाँया पर्ने संभावना समेत रहेको समाचार स्रोतको जिकिर रहेको छ ।

शुक्रराज ट्रपिकलमा मात्र नभएर राजधानीको सवै अस्पतालमा यसको परीक्षण निशुक्ल गर्न गराउँन सरकारले कदम चाल्ने हो भने केहि हदसम्म समस्या समाधान होला , होइन भने समस्या गम्भीर हुने अस्पताल स्रोतले बताएको छ । निजीअस्पतालमा परीक्षणका शुल्क पनि निकै महंगो अनि सेवा पनि त्यती भरपर्दो  नभएको बताउँदै आफु यहाँ रक्त परीक्षण गर्न आएको एक सेवाग्रहीले गुनासो गर्दै ११ घण्टाको प्रयास पछि आफ्नो पालो त आयो तर रिपोर्ट कस्तो आउने हो भगवान जाने भन्दै मुलुकमा दुइ तिहाइको स्थिर सरकार बन्यो, अव त केहि होला भनेर आशा गरेको तर तपाइ आफै हेर्नुस, अस्पतालमा नागरिकको भिड समेतलाइ व्यवस्थापन गर्न नसक्ने सरकार परेका कारण आम नागरिकले नपाउँनु दुख पाउँनु परेको गुनासो गरे । साथै उनले भने हामी प्रधानमन्त्री र मन्त्रीको मान्छे परनौ यदि परेको भए हाम्रो पनि सिङगापुर र ग्राण्डी अस्पतालमा उपचार हुन्थ्यो होला तर के गर्नु भन्दै सरकारप्रति तिवै आक्रोस पोखे ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।