शुक्रबार, चैत्र १६, २०८०

भक्तपुरमा पनि डेंगु रोगका संक्रमित भेटिए

काठमाडौं भाद्र १५ , भक्तपुरमा पनि डेंगु रोगका संक्रमण भेटिएको छ। भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म दश जनामा डेंगुको संक्रमण देखिएको हो। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रविभूषण सुवालले अस्पतालका एक कर्मचारीसहित १० जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिए। उनका अनुसार अस्पतालमा डेंगुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये दुईजनाको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ। बाँकीको भने टेकु अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

यसैबीच नेपाल स्काउट भक्तपुरले शनिबार भक्तपुरमा डेंगु रोगविरुद्ध जनचेतनामूलक (याली गरेको छ। स्थानीय तदर्थ परिषद् भक्तपुर नगरपालिका भक्तपुरको सहयोगमा (याली गरेको हो। (याली दतात्रयबाट सुरु भएको थियो। यालीले भक्तपुर नगर परिक्रमा गरेको थियो। नगर परिक्रमा गरी याली जिल्ला स्काउटको कार्यालय दरवार क्षेत्रमा पुगेर टुंगिएको थियो। (याली दतात्रयबाट इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, गहिटी, बंशगोपाल, भार्वाचो, खौमा, दरवारक्षेत्र हुँंदै जिल्ला स्काउट कार्यालय पुगेको थियो। नागरिक दैनिकबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।