शनिबार, बैशाख ८, २०८१

बुधवार देशभरि नै पूर्णबदली र वर्षाको संभावना , बिहीबारबाट क्रमिक सुधार हुँने

काठमाडौ भाद्र ३१ , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी विहीवारबाट केहिदिनयता देखि देशभर हुँदै आएको वदली वर्षाको वातावरण क्रमिकरुपमा सुभार हुने बताएको छ ।

यसवीचमा मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जनाउँदै महाशाखाले मंगलवार राती र बुधवार देशभरि नै बदली भई वर्षाको संभावना औल्याएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पश्चिमका धेरैजसो स्थानमा तथा पूर्वका केही स्थानमा मेघगर्जन÷चट्ट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भू–भागमा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने नदीमा पानीको बहाव बढ्न सक्ने तथा सडक र हवाई यातायातमा अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।