बिहिबार, चैत्र १५, २०८०

बिघ्नहर्ता भगवान् श्री गणेशको जन्मदिन अर्थात गणेश चतुर्थी मनाइयो

काठमाडौ भाद्र १६,  बिघ्नहर्ता भगवान् श्री गणेशको जन्म भएको दिनका रुपमा आजधार्मिक आस्था अनुरुप काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका गणेश मन्दिरमा विशेष पूजा गरी श्री गणेशको जन्मोत्सव मनाइएको छ ।

यस वर्ष तिथिको घटबढका कारण तिज र भाद्र शुक्ल चौथीमा गर्नुपर्ने गणेश चतुथी एकै दिन परेकाले आजकै दिन गणेश चतुर्थी पर्व मनाईएको हो । यद्यपी मंगलवार विहान निमेषभरका लागि चौथी तिथि रहेका कारण यसैलाइ आधार मान्दै विहानो समयमा गणेश चतुर्थीको पूजा अर्चना सहित गणेश चतुर्थी व्रत समापन गर्ने तयारी संगै गणेश रथयात्रा समेत मंगलावारनै गर्ने तयारी रहेका बताईएको छ ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने प्रचलन रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।