शनिबार, बैशाख ८, २०८१

बाँके घटना सत्तारुढदलको निल्लर्ज आक्रमण : पार्टी प्रवक्ता शर्मा

दोषीलाई कारवाहीको माग गर्दै काङ्ग्रेसले शनिवार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गर्ने

काठमाडौं भाद्र २७ , प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाँकेमा बिहीबार पार्टीको कार्यक्रममा भएको साङ्घातिक हमलाका दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले आज पत्रकार सम्मेलन गरी सो घटनालाई गम्भीर रुपमा लिएको र घटनाको विरोधमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

 बाँके काँग्रेसको निर्वाचन क्षेत्र नं– ३ को प्रदेशसभा ‘ख’को खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रसको हलमा जारी काङ्ग्रेसको कार्यक्रममा स१ारुढदल नेकपाका कार्यकर्ताले गरेको साङ्घातिक आक्रमणका कारण बाँके काङ्ग्रेस सभापति किरण कोइराला घाइते  भएका छन । सभापति कोइरालाको हात भाँचिनुका साथै केही कार्यकर्ता घाइते भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएको छ ।  त्यस्तै पार्टी प्रवक्ता शर्माले राजनीतिक दलको कार्यक्रमा आएर हुलहुज्जत गर्दै आक्रमण गर्दा समेत सुरक्षा निकाय परिचालित नहुनु र स्थानीय प्रशासनसमेत संवेदनशील नहुनुलाई काङ्ग्रेसले सुनियोजित एवम अत्यन्त गम्भीर घटनाको रुपमा लिएको जनाएको छ ।

साथै उहाँले काँग्रसको पक्षमा पछिल्लो समय बढ्दै गएको जनलहरबाट अत्तालिएका सत्तारुढदल नेकपाले निल्लर्जरुपमा आक्रमण गरेको आरोप लगाउँदै  प्रस्तुत घटनाको विरोधमा काँग्रेसले काठमाडौ, ललितपुर र भक्तपुरका काङ्ग्रेस जिल्ला सभापतिको संयुक्त अगुवाइमा
अगुवाइमा शनिबार गृहमन्त्रीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइने जानकारी दिनु भएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा ललितपुर काङ्ग्रेस सभापति मदन आमात्यले काठमाडौ काङ्ग्रेसका सभापति सबुज बानियाँ र भक्तपुर काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गर्दै घट्नाको देशव्यापी रुपमा साङ्केतिक विरोधस्वरुप शनिबार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरिने जानकारी दिनु भएको
छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।