बिहिबार, बैशाख १३, २०८१

प्रेस स्वतन्त्रता र यसको रक्षाका लागि काँग्रेसले कुनै सम्झौता गर्दैन :  सभापति देउवा

काठमाडौं असोज १३ , नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले यो वा त्यो वाहनामा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभएको छ । नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रजातन्त्रको आधारस्तम्भ भनेको प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणको लागि काँग्रेसले कुनै अर्थमा सम्झौता नगर्ने बताउँनु भएको छ ।

 त्यस्तै उहाँले आस्थाका आधारमा रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएको पत्रकारत्रयलाइ तत्काल पुनःबहाली गर्ने तर्फका सरकारको ध्यानाकर्षण गराउँदै आस्थका आधारमा पत्रकारमाथि विभेद गर्नु  किमार्थ न्यायसंगत नभएको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले पछिल्लो समय श्रृखलावद्धरुपमा पार्टीका नेता तगा कार्यकर्ता माथि हुँदै आएको आक्रमण सरकारको निर्देशनमा भएको दावी गर्दै सरकारले  घटनाका अपराधिलाई कारवाही नगरे काङ्ग्रेस चुप लागेर नबस्ने बताउनुभयो ।
त्यस्तै पार्टी महामन्त्री डा शशाङ्क कोइराला केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, मगर सङ्घका केन्दीय अध्यक्ष ओम थापा मगर गायतले लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस सुदृढिकरण र एक ढिक्का हुनुपर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।