मङ्लबार, बैशाख ११, २०८१

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषित

काठमाडौ असोज १३ , नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । सोमबार प्रधानमन्त्री केपी ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।

नेपाल सरकारले काठमाडौमा सोमबार एक कार्यक्रमकावीच देशमा कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय  बनेसंगै नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको हो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको घोषणा नेपालका लागि ऐतिहासिक पहल भएको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम र लक्ष्य पुरा भएको बताइन् ।

घोषणा कार्यक्रममा मन्त्री मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.। पुष्प कँडेललगायतले नेपाल खुला दिशामुक्त क्षेत्र घोषणा हुनुआफैम स्वागत योग्य काम भइको बताउँदै आफुनो धारणा अभिव्यक्त गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।