बुधबार, बैशाख ५, २०८१

नक्कली राष्ट्रवादप्रति सचेत रहन भक्तपुर कांग्रेसको आग्रह

भक्तपुर भाद्र २५, नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले सामाजिक सञ्जालमा कांग्रेस र नेपालको राष्ट्रिय झण्डाको विषयमा उठेको प्रश्न प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सचिव निशान ढुंगेलले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतमा प्रार्थना @ splarNeutrino1 नामबाट कुनै पार्टी विशेषको कार्यक्रमको लागि गट्ठाघर कौशलटार सडक खण्डमा पार्टीको झण्डा टाँग्ने काम गर्दा राष्ट्रिय झण्डा झिकेर भुँईमा राखिनु कुन स्तरको राष्ट्रियता हो भनी @thapagk@ bishaprakash 77 लाई उद्धत गरी गरिएको पोष्ट प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

कांग्रेसले राष्ट्रिता प्रति सचेत र जिम्मेवार नेपाली कांग्रेसको निष्ठा माथि कोही कसैले हिलो छ्याप्ने कार्य प्रति घोर आपत्ती जनाएको छ । विज्ञप्तिमा गत भाद्र २० र २१ गतेको पार्टीको कार्यक्रमको प्रचार प्रसार गर्ने क्रममा कौशलटार गट्ठाघर सडक खण्डमा पार्टीको झण्डा राख्ने क्रममा नेपालको राष्ट्रिय झण्डा झिकेको र भुँईमा गाडेको भन्ने विषय मिथ्या भएको उल्लेख छ । त्यहाँ नेपालको झण्डा कसले किन के प्रयोजनको लागि राख्यो र कसले झिक्यो त्यो जानकारी नभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका कुनै पनि नेता कार्यकर्ताले नेपालको झण्डा निकाल्ने कार्य गरेको छैन । पार्टीको झण्डा राख्ने कार्यमा पार्टीका जिम्मेवार पदाधिकारी आफैं संलग्न भएको थियो ।’
‘नेपालको राष्ट्रिय झण्डा कहीँ कतैबाट ल्याई नेपाली कांग्रेस जस्तो राष्ट्रियता प्रति सदैव जिम्मेवार पार्टीको झण्डासँगै भुँईमा गाडेर सो को फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने निकृष्ट कार्य नक्कली राष्ट्रवाद बाहेक केही होईन,’ विज्ञप्तिमा उल्लेख छ ।
नक्कली राष्ट्रवाद प्रति नेपाली कांग्रेस विगतदेखी नै सचेत रहँदै आएको र भविष्यमा पनि सचेत रहने जानकारी गराउँदैं नेपाली कांग्रेसलाई बदनाम गराउन गरिएका यस्ता दुष्प्रचार प्रति सचेत रहन सबैमा आग्रह गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031