शनिबार, बैशाख ८, २०८१

धम्की दिदै चन्दा असुल्न पल्केका शर्मा, कोइराला र घिमिरे पक्राउ

काठमाडौ भाद्र १५ , नेत्रविक्रम चन्द समूहको काठमाडौँ जिल्ला इन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र ज्यान लिनेसम्मको धम्की दिई चन्दा आतंक सिर्जना गर्दै आएका विश्वराज शर्मा, सुवास कोइराला र वर्षीय सुभम् घिमिरेलाइ प्रहरीले पक्राउ गरेका छन ।

प्रहरीका अनुसार फाउ परेका अभियुक्तत्रयले विभिन्न सरकारी कार्यालयका प्रमुखलाई आफू विप्लव समूहको काठमाडौँ जिल्ला इन्चार्ज भएको भन्दै धाक धक्की मात्र नभइ चन्दा नदिए ज्यान दिन समेत पछि नपर्ने ेसम्मको धम्की दिई रकम असुल्ने गरेको जनाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको अभियुक्तत्रयमाथि आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।