शुक्रबार, चैत्र १६, २०८०

देशैभर वर्षा र बदलीको क्रम अझै केही दिन जारी रहने

काठमाडौं भाद्र २६ , जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको यो क्रम अझै अझै केही दिन जारी रहने सम्भावना औल्याएको छ ।

त्यस्तै महाशाखाले आगामी दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँनुको अलावा आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदै देशका केही स्थानमा मेघगर्जन र चट्ट्याङसहितको हल्कादेखि मध्यम वर्षा साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा आकस्मिक पानीको बहाव बढ्नसक्ने र पहाडी भू–भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन अनुरोध गरेको छ ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले शुक्रवार देशभर आशिकदेखि सामान्य बदली रही पहाडी भू– भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै शनिबार पनि देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन ÷चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।