शनिबार, बैशाख ८, २०८१

दलका शिर्ष नेतृत्वको शब्द चयन प्रति नेता भट्टराईको आपत्ती

 लोक प्रियताका लागि शिष्ट शब्द प्रयोग गर्नुपर्नेगर्नुपर्नेमा जोड

काठमाडौ असोज १३ ,   पूर्व प्रधानमन्त्री एवम् समाजवादी नेपाल पार्टीका संघीय परिषद अध्यक्ष डा .बाबुराम भट्टराईले पछिल्लो समय नेपाली राजनीतिमा खुब चर्चामा आएका अरिंगाल शब्दको प्रयोगमा आपत्ति जनाउँदै  दलका शिर्ष नेतृत्वले चयन गर्ने शब्द प्रति शब्दको प्रयोगमा गम्भीर प्रश्न सिर्जना गरेका छन् ।

डा भट्टराईले आज आफनो सामाजीक सञ्जाल ट्वीटर एकाउण्ट मार्फत अरिंगाल, सिंह, शिकारीजस्ता शब्दलाई प्रयोगमा ल्याउने केही नेताको नामै  जिकिर गर्दै सभ्य सुसस्कृत राजनितीका मसिहा भन्ने नेताहरुले प्रयोग गर्ने गरेको शब्द आफैमा निकिष्ट रहेको जनाउ दिदै यसवीचमा प्रयोग हुँदै आएको यी विकल्प समेत दिदै कम्तिमा दलका शिर्ष नेतृत्वले प्रयोग गर्ने शब्द सस्तो लाकेप्रियताका लागि नभइ शालिन शिष्ट हुनु पर्नेमा जोड दिनु भएको  छ ।

त्यस्तै उहाँले ट्वीट गर्दै उनले लेखेका छन्, ‘ओली : अरिंगाल।। बघिनी, प्रचण्ड : सिंह, गगन : हामी शिकारी, देउवा :कम्युनिस्ट सिध्याउँछौं !’  भन्ने   शब्दको सत्ता अरिंगाल सट्टा मौरी, बघिनी सट्टा कुखुरी, सिंह सट्टा गोरु र गधा, शिकारीको सट्टा वनरक्षक, सिध्याउँछु सट्टा बदल्छु भन्दा जाती हुने जिकिर गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।