शुक्रबार, बैशाख १४, २०८१

तत्कालीन सर्वोच्चका प्रन्या उपाध्यायको निधनप्रति पूर्व श्री ५ ज्ञानेन्द्रबाट दु:ख व्यक्त

काठमाडौं असोज १३ , सर्वोच्च अदालतका पूर्व प्रधानन्‍यायाधीश केशवप्रसाद उपाध्यायको निधनप्रति पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गहिरो दु: ख ब्यक्त गरिवक्सेको छ ।

गत शनिवार सर्वोच्च अदालतको १३ औं प्रधानन्यायाधीशका रूपमा २०५६ पौष २ देखि २०५९ मंसिर १९ गतेसम्म कार्यरत रहनु भएका ८२ वर्षीय तत्कालीन प्रन्या उपाध्यायको आफ्नै निवासमा गत शनिवार निधन भएको हो ।

क्‍यान्सर रोगबाट पीडित प्रन्या निधनमा मौसुफबाट स्वर्गिय आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिवक्सेको पूर्व ५ महाराजाधिराजका सहयोगी डा फणिराज पाठक द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।