बिहिबार, चैत्र १५, २०८०

डेङ्गु रोगको निःशुल्क उपचार गर्न  र अन्यत्र ‘रिफर’ नगर्न  मन्त्रालयको  निर्देशन

काठमाडौं भाद्र १७ , तराईमा मात्र देखिने डेङ्गुका बिरामी पछिल्लो समयय उपत्यकामा समेत भेटिएसंगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन र विरामीलाइ अन्यत्र ‘रिफर’ नगर्न निर्देशन दिएको छ ।

डेङ्गुका विरामी देशका ४५ भन्दा बढी जिल्लामा देखापर्न थालेपछि मन्त्रालयले   ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने अस्पताललाई यस्तो निर्देशन दिएको हो ।  अस्पताल स्रोतका अनुसार अहिले अस्पतालमा दुइदर्जन भन्दा बढि डेङ्गुका विरामीको उपचार भइरहेको बुझिएको छ । त्यस्तै अस्पतालले आजबाटै यसकोलागि सेवा सञ्चालन गर्दै विरामी विशेष जाँचको प्रत्रिया शुरु गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।