शुक्रबार, चैत्र १६, २०८०

डि.डि.सि.का तत्कालीन महाप्रबन्धक तिमल्सिना लगायत १० जनाविरुद्ध मुद्दा दायर

रु ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग दाबी

काठमाडौ असोज ७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग दाबी सहित दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गङ्गा तिमल्सिनालगायत १० जनाविरुद्ध आज मुद्दा दायर गरेको छ ।

काठमाडौ उपत्यकामा दूध वितरणका लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिलाई ठेक्का दिइएकामा ठेकेदार कम्पनीसँग मिलेमतो गरी  विना बोलपत्र सम्झौता गर्दै व्यक्तिगत लाभ लिदै संस्थानलाई ठूलो आर्थिक नोक्सानी पु-याएको भन्ने उजुरीमाथि छानबिन गर्ने क्रममा प्राप्त निष्कर्षको आधार सहित उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा तत्कालीन निमित्त उपमहाप्रबन्धक डा ईश्वरीप्रसाद अधिकारी, तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजङ्ग थापा, तत्कालीन प्रशासकीय अधिकृत हाल प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दीपक सुवेदीविरुद्ध पनि रु ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग गरिएको उल्लेख गरिएको छ ।

साथै गोकुल निर्माण सेवा, गोलढुङ्गा काठमाडौका सञ्चालक गोकुल फुयाँलविरुद्ध रु २२ लाख १९ हजार ६६८, र प्रभु आदित्य बिजनेस प्रालिका सञ्चालक दीपबहादुर खड्का, सोही कम्पनीका अर्का सञ्चालक फणिन्द्रप्रसाद दाहाल र तत्कालीन सञ्चालक सतीशकुमार गिरीविरुद्ध जनही रु २४ लाख ५९ हजार ५१४ बिगो माग सहित मुद्धा दायर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीले सेवाग्राहीसँग रु १० हजार घुस लिएको आरोपमा निजविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै सेवाग्राहीसँग भूमि सुधार तथा मालपोत कार्यालय सप्तरीमा कार्यरत कार्यालय सहयोगी अर्जुन कुमार मण्डलले मोही जग्गाको बाँडफाँट सम्बन्धी मुद्दाको लगत कट्टा गरिदिने भन्दै दुई हजार घुस लिएको अभियोगमा अऋितयार टोलीले घुस रकम सहति नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।