बिहिबार, चैत्र १५, २०८०

जलवाष्प युक्त हावाको प्रभाव: मंगलबार देशभर पूर्ण बदलीसंगै मेघ गर्जन र चट्याङ्गसहितको वर्षा

काठमाडौं भाद्र ३१ , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको पुनः सक्रियता बढेसंगै देशभर बदलीसँगै वर्षा भइरहेको जनाएको छ ।

बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव देशभर अझै पनि रहेकाले काठमाडौं उपत्यका लगायत देशका पूर्ब तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको वर्षि रहेको विभागको भनाइ रहेको छ ।

त्यस्तै महाशाखाले मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमानै रहेको कारण मंगलबार दिनभरि देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वका धेरै तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।