बिहिबार, बैशाख ६, २०८१

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सुनिश्चित तर मिति टुंगिएको छैन : प्रवक्ता बाँस्कोटा

काठमाडौं असोज ९ मन्त्रिपरिषद्को असोज ७ बसेको मन्त्रीपरिषद बैठकको निर्णय  सार्वजनिक गर्न सञ्चारमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सन्चारमन्त्री गोकुल बाँस्कोटाले छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सुनिश्चित भएपनि मिति भने नटुंगिएको बताउँनु भएको छ ।  त्यस्तै उहाँले २३ वर्ष पछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाइ सरकारले अति उच्च महत्वका सथ लिएको बताउँदै प्रस्तुत भ्रमणले दुइ देश वीचको द्विपक्षीय हित तथा सम्बन्ध थप उचाइमा पुर्‍याउने विस्वास व्यक्त गर्नु भएको छ ।

साथै उहाँले गत असोज ६ र ७ गते काठमाडौंमा भएको नेपाल र चीनका दुई सत्तारुढ पार्टीले पहिलोपटक संयुक्तरुपमा आयोजना गरेको विचारधारात्मक प्रशिक्षणलाइ  गलत व्याख्या गर्न नहुने बताउँदै आसन्न चिनियाँ राष्ट्रपतिको भ्रमणलाइ अर्थपूर्ण बनाउँन कसरी सकिन्छ त्यसतर्फ ध्यान केन्द्रीत गर्दा राम्रो हुने बताउँनु भएको छ ।

त्यस्तै उहाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बैठकले मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्नुको अलावा सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, एकल महिला सुरक्षा कोष  सन्चालन (पहिलो संशोधन) र नेपाल ट्रस्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको जानकारी दिनु भएको छ ।

साथै  त्यस्तै पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतको चन्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित बिलबमोजिमको रुपैयाँ नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भुक्तानी दिने निर्णय गरिएको जानकारी  दिदै    एसिड आक्रमणबाट घाइते भएका जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही रु ३ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय संगै २०७६ मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनमा चितवन जिल्ला, भरतपुर महानगरपालिका–१६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि समेत  उपनिर्वाचन हुनेगरी मिति तोक्ने र सोको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै गरि प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा संगै उपरथी प्रभुराम शर्माको पदावधि एक वर्ष दुई महिना थप गर्ने निर्णय गरेको बताउँनु भएको छ । नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय, सहरी पूर्वाधार विकास निगमको स्थापना तथा सन्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्ण संगै राजकीय अतिथि गृह निर्माण गर्न तयार गरिएको गुरुयोजना समेत स्वीकृत गरिएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।