बिहिबार, चैत्र १५, २०८०

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको ३ दिने भ्रमणका लागि काठमाडौंमा

काठमाडौं भाद्र२२ , चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको ३ दिने भ्रमणका लागि १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ काठमाडौं आईपुगेका छन् । आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमन्त्री वाङ यी लाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतले स्वागत गर्नुभएको थियो ।

नेपाल र चीनबीच सोमवार अपरान्ह परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुनेछ । दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले विदेशमन्त्री वाङले सोमवार साँझनै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसंग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ ।त्यस्तै मंगलबार बिहान उहाँले सत्तारुढदल नेकपा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम  रहेको र त्यसलगत्तै उहाँ मंगलबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।