मङ्लबार, बैशाख ११, २०८१

घुस रकम सहित भक्तपुर नापीका सर्वेक्षक जोशी पक्राउ

प्रहरी प्रभाग थलीका प्रनानि पन्त पक्राउ

काठमाडौं असोज २ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशीलाई रु १० हजार घुससहित पक्राउ गरेको छ ।  आयोगद्दारा जारी विज्ञप्तिमा नापी सर्वेक्षक जोशीले जग्गा हालसाविक गर्न स्थलगत निरीक्षणका क्रममा ‘फिल्ड खर्च’ भनी सेवाग्राहीसँग घुस लिएको आरोप निजलाइ पक्राउ गरेको उल्लेख गरिएको छ ।

महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकम ५ हजार सहित पक्राउ गरको छ । आयोगका प्रवक्ताद्दारा जारी विज्ञप्तिमा सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिदिएबापत प्रनानि पन्तले सेवाग्राहीसँग लिएको घुस रकम सहित कागेश्वरी मनहरा नगरपालिका–५ स्थित एक खाजा घरबाट पक्राउ गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै आयोगल आजै विशालबजार कम्पनी लिमीटेड, धर्मपथ काठमाडौंमा वरिष्ठ सहायक पदमा कार्यरत पशुपति सापकोटालाइ नक्कली एसएलसी को शैक्षिक प्रमाणपत्रको आडमा बढुवा भए भइ सरकारी लाभ तथा सुविधासमेत प्राप्त गरेकोले निजको उक्त कार्य भएको जनाउ सहित निज विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप९पत्र दायर गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।