बिहिबार, बैशाख १३, २०८१

गौहत्या प्रकरणको सुक्ष्म छानविनका लागि समिति गठन

काठमाडौ भाद्र१५ , गृह मन्त्रालयले नेपालगन्जबाट बिहिबार दैलेखका लागि लगिएका गाई र गोरु   दैलेख–सुर्खेत सडकखण्डको कटकुवा जङ्गलमा  गाई र गोरुको  भएको मृत्यु प्रकरणको छानविन  गर्न समिति गठन गरेको  छ ।

उपसचिव १५ दिने कार्यादेश सहित गठन गरिएको  सागरमणि पाठकको संयोजकत्वमा   गठन गरिएको  चार सदस्यीय समितिलाइ  गौ–हत्या जस्तो गम्भीर अपराधमा संलग्न   व्यक्तिको पहिचान  गर्दै    कारवाहीको सिफारिस गर्न    निर्देशन दिइएको छ ।

त्यस्तै  मन्त्रलालयले छानविन समितिलेबाट प्राप्त रिपोर्ट अनुरुप  हदैसम्मको कारवाही गर्ने तयारी सहित अपराधीलाइ   कनैपनि कोणबाट उन्मुक्ति नदिइने र कारवाहीको लागि   मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।