शनिबार, बैशाख ८, २०८१

गिरफ्तार गरिएका पत्रकारलाई तत्काल रिहाइ गर्न काँग्रेसको माग

काठमाडौ भाद्र ३०,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका तीन जना पत्रकारको पुनर्वहालीको लागि आवाज उठाइरहेका नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युनियनका पत्रकारलाई गरिएको गिरफ्तारी घटनाको भत्र्सना गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गर्नु भएको विज्ञप्तिमा महासंघ सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु यम विरही, जन्मदेव जैसी, मीन बमसहित पत्रकारहरु अजयबाबु सिवाकोटी, दिलीप पौडेल, महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर तत्काल रिहाइ गर्न माग गर्नुको अलावा निष्काशित पत्रकारहरु प्रकाशबहादुर बम र चक्र कुँवर र सुनिता रावललाई यथाशीघ्र काममा बहाली गर्नसमेत सरकारसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।