शनिबार, बैशाख ८, २०८१

खुद्रा व्यवसायीको हकहितका लागि नयाँ उर्जा सहित खुद्रा औषधि व्यवसायी संघ अस्तित्वमा

काठमाडौं आसोज १३,  नेपाली औषधि व्यवसायको क्षेत्रमा क्रियाशील व्यवसायीको संगठीत संस्थाका रुपमा खुद्रा औषधि व्यवसायी संघ आजबाट विधिवत रुपमा अस्तित्वमा आएको छ ।

खुद्रा औषधि व्यवसायीको माग र समस्यालाइ कुनै यस अघिका कुनैपनि संघ संस्थाबाट सम्बोधन गर्ने पक्षमा देखिएको समस्यालइ दृष्टिगत गर्दै स्वयम खुद्रा व्यवासायी जमातबाट आफनो लागि आफैले केहि गरौ भन्ने भाव सहित संघ संस्था दर्ता ऐन २०३४ अनुरुप नेपाल सरकारको सम्बन्धित निकायमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्दै अस्तित्वमा आएको यस संस्थाले मुलत औषधि जगत अन्र्तगत उपभोक्तासंग प्रत्यक्ष सरोकार राख्दै कार्य सम्पादन गर्ने खुद्रा व्यवसायीको हकहितका लागि रचनात्मक कार्य सम्पादन गर्ने लक्ष्य लिएको छ ।

(नवगठीत संस्थाका अध्यक्ष औषधि व्यवसायी राम हरी केसी)

औषधि व्यवसायी राम हरी केसीको अध्यक्षतामा नव गठीत संस्थामा   बैकुण्ठ प्रसाद डोटेल, भक्त वहादुर केसी, राचन्द्र केसी, सोमराज पौडेल, रञ्जित गिरी, पुष्पराज चौधरी, सुभद्रा बञ्जाडे घिमिरे जानकाी थापा मगर लगायतका पदाधिकारी तथा सदस्य रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।