बुधबार, बैशाख १२, २०८१

काठमाडौं काँग्रेस क्षेत्र न. ८को दुवै प्रदेशमा वृक्षरोपण

काठमाडौं भाद्र २४ , जननेता बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको अवसर पारेर नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणको १५  दिने  कार्यक्रम अन्र्तगत रुख रोपेर शुभारम्भ गरिएको छ ।

३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत प्रस्तुत अभियानको क्रममा काठमाडौं काँग्रेस क्षेत्र न. ८ अन्र्तगतको प्रदेश क वडा न २० र प्रदेश ख कामपा वडा न १५ मा केन्द्रीय प्रतिनीधीको उपस्थितीमा वृक्षरोपण  गरिएको छ ।  त्यस अवसरमा जननेता बिपी कोइरालाको तस्वीरमा माल्यार्पण गदै विभिन्न प्रजातीको वृक्ष रोपण गरिएको थियो ।

  कार्यक्रममा क्षेत्रीय सभापति , प्रदेश संयोजकद्दय देवरत्न, डंगोल राज्यलक्ष्मी श्रेष्ठ, जिल्ला समितिका सहसचिव रोमेल श्रेष्ठ  , जिल्ला समिति सदस्य राज्यराजवंत , क्षेत्रीय  कोषाध्यक्ष रमिला शाक्य श्रेष्ठ, १३ वडा इकाइ सभापति, सुरेन्द्र मानन्धर , १५ वडा इकाइ सभापति राजु खरेल, १९वडा इकाइ सभापति शशिलाल श्रेष्ठ , २० वडा इकाइ सभापति राजेन्द्र मानन्धर २४ वडा इकाइ सभापति विनोद राजभण्डारी , क्षे क्रियाशील कार्यकर्ता , महाधिवेशन प्रतिनिधी ,काँग्रेसको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी, लगायत विभिन्न तह र तप्काका जिम्मेवार कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।