शनिबार, बैशाख ८, २०८१

कागेश्वरी मन्दिरमा आजबाट ३ दिने महामेलाको आयोजना हुँदै

काठमाडौं भाद्र १९,  ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण एवम् २२७ किलोको अष्टधातुबाट बनेको नेपालकै ठूलो कागको मूति रहेको कागेश्वरी महादेव मन्दिर क्षेत्रलाई पर्यटकीय रुपमा चिनाउने लक्ष्य सहित कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा आजबाट ३ दिने महामेलाको आयोजना हुँदै छ ।

प्रस्तुत मेलाअन्र्तगत पहिलो दिन कागेश्वरी महादेव मन्दिरमा साहित्य सम्मेलन त्यस्तै गरि दोस्रो दिन भाद्र शुक्ल अष्टमीका दिन अर्थात भाद्र २० गते े कागेश्वरी महादेव मेला र तेस्रो दिन मन्दिर क्षेत्रमा सफाइ मेलाकै प्रारुपमा कार्यक्रम गरिने भएको छ ।

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलका अनुसार भाद्र शुक्ल अष्टमीका दिन यहाँ आई कागरुपी महादेवको पूजा आराधना गरेमा काग स्पर्शबाट हुने अनिष्टबाट बचिने धार्मिक विश्वास रहेका कारण यस दिन मन्दिरमा विशेष मेला लाग्ने गरेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।