शनिबार, बैशाख ८, २०८१

काउन्सिल कार्यबाहक अध्यक्ष श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा सर्वसम्मत निर्वाचित

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव पदमा सर्बसम्मत निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ….

काठमाडौं भाद्र २७ ,   प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा पदमा सर्वसम्मतले निर्वाचित हुनु भएको छ ।  विश्व प्रेस काउन्सिलको अध्यक्षमा साइप्रसका प्रोडा.सुले अकर निर्वाचित भएका छन् भने उपाध्यक्षमा अजरबैजानका संसद् सदस्य अफ्लातुन अमासोभ, महासचिवमा नेपालबाट किशोर श्रेष्ठ र कोषाध्यक्षमा टर्कीबाट डक्टर तामेर अताबारुत निर्वाचित भएको जानकारी प्राप्त भएको छ ।

श्रेष्ठले आफु निर्वाचित भएको घोषणा भएसंगै सामाजीक सञ्जालमा लेख्नुभएको छ ।

सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।