शुक्रबार, बैशाख ७, २०८१

कांग्रेस केन्द्रीय समति : सांगठनिक संरचना समायोजन सम्बन्धी प्रस्ताव पारित

गच्छदारलाई उपसभापति ,सय जना नेता तथा कार्यकर्तालाइ महासमिति सदस्य

काठमाडौ  असोज १० , नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी सुदृढीकरणको लागि सञ्चालन गरेको १५ दिने दोस्रो चरणको जागरणको समिक्षा एवम् भातृसंगठनको विवाद र लोकतान्त्रिक फोरमसँगको पार्टी समायोजन पछिको जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल सहित नितिगत निर्णय गरेको छ ।

आजको बैठकले समायोजन समितिका संयोजक विमलेन्द्र निधिद्वारा प्रस्तुत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई उपसभापति र पार्टीको विभिन्न तह र तप्काका जिम्मेवारीमा रहेका पार्टीका २ सय जना नेता तथा कार्यकर्ता लाइ महासमिति सदस्य १ सय ४८ जनालाइ महाधिवेशन प्रतिनिधीको जिम्मेवारी दिने विषयगत एजेन्दा स्वीकार गरी अनुमोदन गरेको छ ।

त्यस्तै सांगठनिक संरचनाको समायोजनको क्रममा केन्द्रीय कार्यसमिति सदस्य ११ जना, केन्द्रीय कार्यसम्पादन समितिमा ३ जना महासमिति सदस्य रहने व्यवस्था गरेको छ । साथै केन्द्रीय विभाग,प्रदेश कार्यसमिति,जिल्ला कार्यसमिति ,प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा उपसभापति सह–सचिव सहित ५ जना सदस्य र प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा देखि पार्टी विभिन्न सहमतिमा समेत समायोजन सहित जिम्म्ेवारी दिनु सहमतिलाय अनुमोदन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न आजको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, एनपी साउँद, भीष्मराज आङ्दम्वे, देवेन्द्रराज कँडेलले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

साथै बैठकले लोकतान्त्रिक आन्दोलनमा योगदान गर्नु हुने  पार्टीको विभिन्न तह र तप्काको जिम्मेवारीमा रहनु भएको नेता तथा कार्यकर्ताके निधमा शोक प्रस्ताव पारित गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्स्ताव समेत पारित गरको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031