शुक्रबार, बैशाख ७, २०८१

कमल थापालाइ काँग्रेसको चिन्ता : काँग्रेसको भरिया प्रवृतिका कारण मुलुकमा अनेक समस्या सिर्जना

भक्तपुर असोज ११,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीय ससदका प्रमुख प्रतिपक्षीदल नेपाली काँगेस काङ्ग्रेस सैद्धान्तिक प्रारुपमा विचलिन हुँदै तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पथमा हिँडेको विश्लेषण अभिव्यक्त गर्नु भएको छ ।

भक्तपुर राप्रपा जिल्ला समितिले आज आयोजना गरेको वडा दशैँ तथा दिपावलीको अवसरम आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता थापाले आफ्नो पार्टीको विषयमा भन्दा पनि काँग्रेसको विषयमा अभिव्यक्ति दिदै काँग्रेसमा आएको विचलनका कारणनै मुलुकमा अनेकन समस्या सिर्जना भएको बताउँनु भएको हो । त्यस्तै कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा उहाँले काँग्रेसले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराई मार्ग भन्दा प्रचण्डको भरिया बन्नथालेको उहाँको भनाइ रहेको थियो ।

काँग्रेसको भरिया प्रवृतिका कारण मुलुकमा धर्म संस्कृति देखि सर्वत्र क्षेत्रमा विचलन आएको बताउँदै अध्यक्ष थापाले धतुरो रोपेर आँप फल्ने विस्वास गर्नुृ आफैमा अभिसाप भएको बताउँनु भएको छ । त्यसअवसरमा विभिन्न दल परित्याग गर्दै राप्रपा प्रवेश गर्नेलाइ पार्टीमा स्वागत समेत गरिएको थियो । कार्यक्रममा भक्तपुर राप्रपाका जिल्ला अध्यक्ष माधव खत्री लगायतले आफ्नो   धारणा राख्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031