बिहिबार, बैशाख ६, २०८१

उपनिर्वाचन मतदाता नामवलीसम्बन्धी दाबी विरोध असोज १ देखि

काठमाडौ भाद्र २५ , आसन्न मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका लागि सङ्कलन गरिएको मतदाता  नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि शुरु हुने भएको छ ।

आयोगले मङ्सिर १४ गते प्रतिनिधिसभा प्रदेशसभा सदस्य र स्थानीय तह समेतको विभिन्न ५१ पदका लागि उपनिर्वाचन हुन गइरहेको यसै उपनिर्वानचको लागि उपनिर्वाचन हुने ३७ जिल्लाका १५४ वडा कार्यालयमा मतदातालाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द÷त्याग गरेका मतदाताको नाम हटाई मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग गर्नु आयोगले सबैमा आव्हान समेत गरेको छ ।

त्यस्तै आयोगले ३७ जिल्लाका १५४ वडामा ४ लाख ४७ हजार ७९२ मतदाताको नामावली विवरण तयार गरी आद्यावधिक सहित दाबी विरोध प्रयोजनका लागि सम्बन्धित जिल्लामा पठाई सकिएकोे जनाउँदै असोज १० गते अद्यावधिक गरिएको अन्तिम नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाउने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031