शनिबार, बैशाख ८, २०८१

उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको जिम्मेवारी महासचिव पौडेललाइ

काठमाडौं भाद्र २५ ,  सत्तारुढ दल नेकपाको प्रमको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकले आसन्न उपनिर्वाचन लागि आवश्यक उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक र कानूनी व्यवस्थाका प्रक्रिया पूरा गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेको ५१ पदमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता आव्हान गर्दै भाद्र मसान्तसम्मको समयसीमा तोके अनुरुप महासचिव पौडेलाइ प्रस्तुत जिम्मेवारी दिइएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा मुलत दर्ताको सवालमा केन्द्रीत रहेको कारण पार्टी एकताको बाँकी विषयमा प्रवेश नभएको जानकारी दिदै यस विषयमा अर्को बैठकले निर्णगर्ने जानकारी दिनु भएको छ ।

आयोगद्दारा जारी सूचनामा ०७४मा सम्पन्न निर्वचनमा भाग लिदै आयोगमा दल दर्ता गराएका राजनैतिक दलले भने पुन दर्ता गराउँनु नपर्ने भएपनि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दुइ दल एकाकार भइ नयाँ दलको पारुपमा अस्तित्वमा आएका  र नयाँ दल दर्ता गरिएको राजनैतिक दलले भने अनिवार्य आयोगमा दल दर्ता गराउँनु पर्ने व्यवस्था अनुरुप सत्तारुढ दल नेकपा पनि तत्कालन नेकपा एमाले र माओवादी केन्द्रवीच एकाकार भइ नयाँदलको प्रारुपमा आएका कारण दल दर्ता गराउँनु पर्ने भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।