शुक्रबार, बैशाख १४, २०८१

आधुनिक प्रविधि र मौलिक संरचना सहितको प्रधानमन्त्री निवासको शिलान्यास

देश क्रमिकरुपमा प्रगति र विकासको गतिमा अगाडि बढ्ने क्रममा रहेको प्रम ओलीको जिकिर

काठमाडौ असोज २ , प्रधानमन्त्री केपी ओलीले आज प्रधानमन्त्रीको बालुवाटारस्थित सरकारी निवासमा नयाँ मौलिकता सहित संस्कृति र परम्परा झल्कने गरी निर्माणको प्रस्ताव गरिएको भवनको शिलान्यास गर्नु भएको छ । बुधवार प्रम ओलीले संसद भवनको पनि शिलान्यास गर्नु भएको थियो ।  आधुनिक प्रविधिसहित समय सापेक्ष ४० करोड लागतमा बन्ने बताईएको प्रमको निवास बनाउँने जिम्मा कन्टेक प्रालि नक्सालले पाएको छ ।

दुई रोपनी क्षेत्रफलमा बन्ने पहिलो भवन नौ महीनामा र दोस्रो भवन १५ महीनामा सक्ने लक्ष्य रहेको जानकारी दिईएको भवन शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै प्रम ओलीले अव बन्ने भवन आफैमा जनताद्वारा निर्वाचित प्रम बस्ने लायकको हुने बताउँदै  प्रम  ओलीले सरकारबाट केही पनि भएन र सरकारले केही पनि गरेन भनेर कराउनेलाई व्यवहारबाट जवाफ मिल्दै जाने बताउनु भएको छ । देश क्रमिकरुपमा प्रगति र विकासको गतिमा अगाडि बढ्ने क्रममा रहेको बताउँदै यसअघिको भवनमा कनै पूर्वाधार नभएका कारण नयाँ संरचना सहित एउटा भवन प्रधानमन्त्रीको नितान्त निजी प्रयोजनका लागि र अर्काे भवन  सार्वजनिक प्रयोजनका लागि बनाइन लागेको बताउँनु भएको छ ।

नयाँ बन्ने भवनमा आकस्मिक मन्त्रिपरिषद्समेत बस्न सक्ने गरी भवन निर्माण हुनेछ । उहाँबाट प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न सक्ने अडियो भिडियोसहितको स्टुडिया समेतको व्यस्थापन हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।