बुधबार, बैशाख १२, २०८१

आज सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौ भाद्र २५ , सत्तारुढदल नेकपाको आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बस्दैछ । आजको बैठकले मुलत पार्टी एकताका लागि महत्वपूर्ण मानिएको बाँकी काम टुङ्ग्याउने तयारी रहेको बताईएको छ ।

नेकपाको पार्टी एकताका अन्र्तगत प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् लगायतले पूर्णता पाइनसकेको सम्वद्ध स्रोतले जनाएको छ ।

यसअघिको बैठकले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रूपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय समेत गरेको थियो । प्रम ओली उपचारका लागि विदेश जान् अघि ५ गते पनि सचिवालय बैठक बसेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।