शुक्रबार, चैत्र १६, २०८०

आज राष्ट्रिय पर्व इन्द्रजात्रा अन्र्तगत नानीचाःया जात्रा मनाइदै

काठमाडौं भाद्र ३१ , उपत्यकाको ऐतिहासिक एवम् राष्ट्रिय पर्व इन्द्रजात्रा अन्र्तगत आज मंगलवार नानीचाःया जात्रा मनाइदै छ । आज अपरान्ह श्री कुमारी, भैरव र गणेशको रथ प्याफल, यट्खा, नरदेवी किलागल, भेंडासिंह, इन्द्रचोक, मखनमार्गबाट   हनुमानढोका हुँदै कुमारी घरसम्म रथयात्रा गर्ने गरिन्छ ।

रथायत्रा पछि श्री कुमारी, भैरव र गणेशलाई घर भित्र्याउँदै भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि सुरु भएको जात्रा समापन गर्ने गरिन्छ

 नानीचाःया जात्रा अर्थात इन्द्रजात्राको अन्तिम दिन लिंगो ढाल्नुअघि गणेश, भैरव र कुमारीको हातबाट राष्ट्राध्यक्षले टीका तथा प्रसाद ग्रहण गनेगर्दै खड्ग साटुने परम्परा अनुसार    यसको   लागि राष्ट्रपति विद्या भण्डारी आज कुमारी घर आउँने कार्यक्रम रहेको छ ।

पौराणिक कथाअनुसार आफ्नी आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौं आएका थिए । अरूको बारीमा गएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको लोक कथन छ ।

त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेको मान्यता रहि आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।