शुक्रबार, चैत्र १६, २०८०

आजबाट काङ्ग्रेसको दोस्रो चरणको हिपतम जागरण अभियान शुरु हुँदै

 कार्यक्रमको उद्घाटनसत्रलाइ केन्द्रीय पदाधिकारीहरुले समेत सम्बोधन गर्ने

काठमाडौ भाद्र २४,  नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण अन्र्तगत  १५  दिने  कार्यक्रम  आजबाट विधिवत शुरु हुँदैछ । जननेता बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको अवसर पारेर शुभारम्भ हुन गइरेको दोस्रो चरणको प्रस्तुत अभियान देशभरि रुख रोपेर उद्घाटन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

त्यस्तै पार्टी प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार  जागरण कार्यक्रमको उद्घाटनमा काङ्ग्रेसका केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने तयारी रहेको जानकारी दिदै सुनसरीमा पार्टी सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको गर्नुहुनेछ ।

मुख्यगरी प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत यस कार्यक्रमका लागि ३३० प्रतिनिधिमध्ये अधिकांश आफ्नो जिम्मेवारी क्षेत्रमा पुगिसकेको पार्टी कार्यालयले जनाएको छ । त्यस्तै जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुईवर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेशलगायतका कार्यक्रम हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।