बिहिबार, बैशाख ६, २०८१

आगामी ३ दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना : पूर्वानुमान महाशाखा

काठमाडौं  भाद्र १८ , जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले विहिवार शुक्रवार वर्षाको सम्भावना रहेको जनाएको हो ।

पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा बुधवार राति देशभरि सामान्य बद्ली रही पश्चिमी र मध्यका अधिकांश र पूर्वका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याउँनुको अलावा विहिवार देशभरि आंशिकदेखि सामान्य बद्ली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार देशभरि आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।