बिहिबार, चैत्र १५, २०८०

आइतवार र सोमवार देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौ भाद्र २१,  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको जनाउँदै महाशाखाले अबका केही दिन मनसुन सक्रिय रहने र शनिवार र आइतवार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना औल्याएको छ ।

त्यस्तै महाशाखाले शनिवार राति देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै आइतबार देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना र सोमबार पनि देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।