शुक्रबार, चैत्र १६, २०८०

असोज १० मा काँग्रेस केन्द्रीय समिति बैठक आव्हान

काठमाडौ असोज ५, आगामी असोज १० गते नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । बैठकमा मुलत आगामी मंगलवारबाट समापन हुँदै गरेको काँग्रेसको दोस्रो चरणको दोस्रो चरण अन्र्तगत जारी १५ दिने हिमाल, पहाड, तराई नेपाली राष्ट्रिय जागरण अभियान र विजय गच्छेदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरणको नितिगत निरुपणका सवालमा छलफल केन्द्रीत हुने बताईएको छ ।

प्रस्तावित विषय संगै १० गतेको बैठकमा पछिल्लो समय विकसित भएको मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र भातृसंगठनको देखिएको विवादका विषयमा समेत छलफल गर्दै नेविसङ्घको तदर्थ केन्द्रीय कार्यसमिति गठन र नेपाल तरुण दलमा देखिएको विवादलाइ समेत सम्बोधन गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

काङ्ग्रेसले गत भाद्र १७ मा सम्पन्न बैठकले पार्टीको भातृसंगठनको सवालमा आवश्यक निति तय गर्न केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वको सो समितिमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, ईश्वरी न्यौपाने, श्यामकुमार घिमिरे, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समिति नै गठन गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।