शुक्रबार, बैशाख ७, २०८१

अभिव्यक्ति स्वतन्त्रता माथि आक्रमण सरकारी अराजकताको ज्वलन्त प्रमाण: नेता थापा

काठमाडौं असोज १२ , नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको घटना सरकारको अराजकताको ज्वलन्त प्रमाण भएको बताउँनु भएको छ ।  आज राजधानीमा आयोजित एक कार्यक्रममा वोल्दै नत थापाले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घटना भएको बताउँदै व्यक्ति र पात्र भन्दा पनि अभिव्यक्ति स्वतन्त्रता माथि आक्रमण हुनु भनेको आफैमा गम्भीर विषय भएको आफेनो विरुद्ध वोल्ने  लाइ खत्तम पार्ने सरकारको योजना भएको मात्र नभइ इ सरकारको नियोजित योजना भएको उहाँको भनाइ रहेको थियो ।

आज शाहीमाथिको आक्रमण भोली तपाइ हामी माथि पनि हुन सक्ने संभावना औल्याउँदै उहाँले सरकारको विरोध गर्ने जो कोहि पनि यसको योजनावद्ध आक्रमणमा पर्न सक्ने जिकिर गर्नु भएको  छ ।

यसअघि शनिबार चितवनमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको निर्घात कुटपिटको घटनापछि नेता गगनले शनिवारनै ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको घोर निन्दा गर्दै शाहीमाथि आक्रमण गर्नेलाई कायरको संज्ञा दिएका छन् । उनले भनेका छन्९‘ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने विचरा कायर हरुका बारेमा के टिप्पणी गर्नुरु यो कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसंग माग्नुपर्छ।’ भन्दै ट्विट गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031