शनिबार, बैशाख ८, २०८१

पत्रकार पुडासैनी आत्माहत्या प्रकरणमा नयाँ खुलासा-गर्लफ्रेन्ड’ भेट्न कोठा भाडामा

साभार : पत्रकार शालिकराम पुडासैनीले गलफ्रेन्डलाई भेट्न कोठा भाडामा लिएको टोखा नगरपालिका¬– ११ स्थित घर। तस्बिर:- नागरिक

काठमाडौं भाद्र ८,  चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका   पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ सँग भेट्न छुट्टै कोठा लिएको तथ्य भेटिएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नम्बर ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको खवर आजको नागरिक दैनिकमा प्रकाशित रहेको छ ।

प्रकाशित खवरमा महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको उल्लेख गरिएको छ ।

त्यस्तै प्रहरीले टोखा नगरपालिका ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोहबरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो । पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामाग्री बरामद गरेको रोहबर बसेका वडाध्यक्ष अधिकारीलाइ उदृत गरिएको छ ।  प्रहरीले खबर गरेपछि गएका हौं’, अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहित कागजात प्रहरीले बरामद गरेको छ ।’प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन नचाहेको उल्लेख गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।