शनिबार, बैशाख ८, २०८१

९ र १० औं तहका कर्मचारीको पदस्थापनसंगै विभागमा निकै खलबली

काठमाडौं साउन २५ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहत रहेका विभिन्न विभाग अस्पतालहरुमा ९ र १० औं तहका २६१ डाक्टरसहित ३०३ जना कर्मचारीको पदस्थापन गरेको छ।

पदस्थापनको क्रममा मन्त्रलायले ११ औ तहका महानिर्देशक रहने व्यवस्था भएको औषधि व्यवस्था विभागमा निमित्त महानिर्देशकको जिममेवारी दिएका १० ‌औं तहका वरिष्ठ कर्मचारी पान वहादुर क्षेत्रीलाइ निमित्त महानिर्देशकको जिम्मेवारीबाट पुरानै दर्जामा अर्थात वरिष्ठ औषधि व्यवस्थापकको जिम्मेवारीमा पदस्थापन गरेको छ ।

त्यस्तै विभागका अर्को कर्मचारी भरत भट्टराइलाइ बनस्पति विभागमा पदस्थापन गरिएको छ भने सूचना अधिकारीको समेतको जिम्मेवारी रहेका अर्का कर्मचारी सन्तोष केसीलाइ भने विभागमानै पदस्थापन गरिएको छ ।

यसवीचमा समाचार स्रोतका अनुसार विगत लामो समय यतादेखि विभागका रजगज गर्दै आएका कर्मचारीको विभाग भन्दा अन्यत्र भएको पदस्थापनको विषयलाइ लिएर विभागका निकै खलबली भएको थाहा भएको छ ।

२६१ डाक्टरसहित ३०३ जना कर्मचारीको पदस्थापन सूची यस्तो रहेको छ ।

त्यस्तै विभागका तत्कालीन महानिर्देशकको जिम्मेवारीमा रहेको नारायण प्रसाद ढकालको हकमा सर्वोच्च अदालतले ढकालको सरुवा निर्णय कार्यान्वयन नर्गन नगराउँन सरकारको नाममा दिएको आदेश अनुरुप विभागको महानिर्देशकको जिम्मेवारी यथास्थितीमा राखेको मन्त्रालय सम्वद्ध स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।