बुधबार, बैशाख १२, २०८१

१७ जिल्लाका ३१ प्रजिअको सरुवा , काठमाडौं प्रजिअमा दाहाल (सूची सहित)

काठमाडौ भाद्र १२,  गृह मन्त्रालयले काठमाडौ लगायत विभिन्न १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित उपसचिव र सहसचिव गरी ३१ जनाका सरुवा गरेको छ ।  मन्त्रालयले काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गर्दै काठमाडौको प्रमुख जिल्ला अधिकारीमा यसअघि झापाका प्रमुख जिल्ला अधिकारी रहेका जनकराज दाहाललाई ल्याइएको छ ।

त्यस्तै ललितपुरका प्रजिअ प्रेमराज जोशीलाई मकवानपुर, धादिङका प्रजिअ भागिरथ पाण्डेलाई ललितपुरमा र गृह मन्त्रालयका सहसचिव महादेव पन्तलाई रुपन्देहीको प्रजिअ, वसन्त अधिकारीलाई सुर्खेतको प्रजिअ, दीर्घनारायण पौडेललाई काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।