शुक्रबार, चैत्र १६, २०८०

स्थानीय तहको खर्चमा वैदेशिक भ्रमणमा नजान पदाधिकारीलाई मन्त्रालयको कडा निर्देशन

Scanned Image

काठमाडौ साउन १६ , सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५ लाई स्वीकृत भइ लागु भइसकेको अवस्थामा समेत स्थानीय तहका पदाधिकारीले आफूखुशी वैदेशिक भ्रमण गर्न थालेपछि कडाइ गर्ने भएको छ ।

मन्त्रालयले आज सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई तीन बुँदे निर्देशनात्मक परिपत्र जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था÷व्यक्तिबाट आफैँले आमन्त्रण मगाउने प्रवृत्तिलाइ निरुत्साहित बनाउँन स्थानीय तहका पदाधिकारीलाई आयोजक संस्थाले कुनै पनि खर्च नब्यहोर्ने वैदेशिक भ्रमणको लागि सहमति माग नगर्न त्यस्तै आफूखुशी स्थानीय तहको खर्चमा वैदेशिक भ्रमणमा नजान मन्त्रालयले निर्देशन दिएको छ ।

Scanned Image

त्यस्तै मन्त्रालयले तीन जनासम्मको टोली बनाई निर्देशिकामा उल्लेख गरिएका प्रक्रिया पूरा गरी आवश्यक कागजातका साथ भ्रमण गर्नुभन्दा १५ दिन पहिले मन्त्रालयमा सहमति माग गर्नसमेत स्थानीय तहका पदाधिकारीलाई निर्देशन दिइएको छ ।

साथै आयोजकतर्फबाट कुनै पनि खर्च नब्यहोर्ने कार्यक्रममा स्थानीय तहको लागि अति आवश्यक पर्ने कुनै प्रकारको प्राविधिक, वस्तुगत सहायता उपलब्ध गराउने खालका कार्यक्रममा बढीमा दुई जनासम्मको टोली बनाएर भ्रमणको लागि सहमति माग गर्न मन्त्रालयले निर्देशन दिएको जारी परिपत्रमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।