शनिबार, बैशाख ८, २०८१

सुबिसु केबल नेटको कार्यालयमा भीषण आगलागी, नेटले दिँदै आएको सेवा अवरुद्ध

काठमाडौ साउन २२ , इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको बालुवाटारस्थित कार्यालयमा भीषण आगलागी भएको छ । प्राप्त जानकारी अनुसार विद्युत् सर्किट सर्ट’ भएर पेट्रोलियम पदार्थ भन्डारण गरिएको कोठाबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । दिउँसो पौने १ बजेदेखि लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जुद्ध बारुणयन्त्रको सहायतामा करिब दुई घन्टापछि नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीसंगै सुबिसु केवल नेटले दिँदै आएको सेवा अवरुद्ध भएको छ भने करोडौं रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको छ । भिडियो सौजन्य : केदार अधिकारी

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।