शुक्रबार, चैत्र १६, २०८०

सुनिललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

काठमाडौ साउन २३,  नेपाल भारोत्तोलन सङ्घका पूर्वअध्यक्ष सुनिललाल जोशीको स्मृति दिवसको अवसरमा काठमाडौँ जिल्ला भारोक्तोलन सङ्घको आयोजनामा सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिताको आयोजना गरिने भएको छ ।

आगामी साउन २८ र २९ गते कामपा वडा न २० स्थित मरुहिटि ब्याङ्क्वेटमा आयोजना हुने प्रस्तुत प्रतियोगितामा सिनियर पुरुष र महिला तथा जुनियर पुरुष र महिलातर्फ समान १० तौल समूहमा प्रतिस्पर्धा हुने बताईएको छ ।

त्यस्तै प्रतियोगितामा विजयी घोषित पुरुष र महिला खेलाडीलाई ‘नेपाल स्ट्रङगेष्ट’ उपाधिसहित जनही रु ११ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।